images
images

व्यक्तिगत विवरण गोप्य राख्न बैंकर्स संघले गरायो सचेत


  • 941
    SHARES
  • २०७८ आषाढ १६ गते बुधबार

    व्यक्तिगत विवरण गोप्य राख्न बैंकर्स संघले गरायो सचेत

    काठमाडौं । बैंक खाता लगायत व्यक्तिगत विवरण गोप्य राख्न नेपाल बैंकर्स संघले सचेत गराएको छ । सामाजिक सञ्जालमार्फत् व्यक्तिले सहयोग गर्ने वा उपहार चिठ्ठा परेको बहानामा बैंक खाताको गोप्य विवरण माग्ने गरेको भन्दै यस्तो विवरण उपलब्ध नगराउन संघले आगंह गरेको हो । 

    ‘त्यस्ता व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नं., मोबाइल नं. पासवर्ड (पिन) प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको जानकारी आएको संघले जनाएको छ । 

    संघले त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा आफ्नो बैंकको नजिकैको शाखामा तुरुन्त सम्पर्क गर्न पनि अनुरोध गरेको छ । 


    images
    images

    Logo