काठमाडौं । नेपालमा पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ ।
पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३८ हजार ८०५ (पीसीआर) र ३४ हजार ९४४ (एन्टिजेन) जना पुगेको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा ४१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
यस्तै निको हुने संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ भने मृतकको संख्या ९ हजार ११२ पुगेको छ।