काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनलमा मंगलबार राति अन्तिम १६ का दुई खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको समीकरण पूरा भएको छ ।
मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० ले हराएको थियो भने युक्रेनले स्वीडेनलाई २-१ ले हराउँदै दुवै टोली क्वाटरफाइनलमा आफ्नो स्थान बनाउन सफल भएको छ ।
योसँगै बेल्जियम, इटाली, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् ।
साविक विजेता पोर्चुगल, साविक उपविजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनी भने अन्तिम १६ बाटै आउट भएका छन् ।
क्वाटरफाइनलका खेलहरु जुलाई २ देखि सुरु हुनेछ ।
क्वाटरफाइनल खेल मिति, समय र स्थान
· स्विट्जरल्याण्ड भर्सेस स्पेन - जुलाई २ (असार १८ गते), ९:४५ बजे (सेन्ट पिटर्सवर्ग, रुस)
· बेल्जियम भर्सेस इटली - जुलाई २ (असार १९ गते), १२:४५ बजे (म्युनिक, जर्मनी)
· चेक रिपब्लिक भर्सेस डेनमार्क - जुलाई ३ (असार १९ गते), ९:४५ बजे (बाकु, अजरवैजान)
· युक्रेन भर्सेस इंग्ल्याण्ड- जुलाई ३ (असार २० गते), १२:४५ बजे (रोम, इटली)



