images
images

११ ब्रोकर कम्पनीले पाए २० वटा शाखा खोल्न बोर्डको अनुमति


  • 660
    SHARES
  • २०७९ फाल्गुण २३ गते मंगलबार

    ११ ब्रोकर कम्पनीले  पाए २० वटा शाखा खोल्न  बोर्डको अनुमति

    काठमाडौं । ११ ब्रोकर कम्पनीले शाखा खोल्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले शुक्रवार उक्त कम्पनीहरुलाई नयाँ शाखा खोल्नका लागि अनुमति दिएको हो । 

    ११ वटा ब्रोकर कम्पनीर्ले २० वटा शाखा खोल्नका लागि अनुमति पाएका छन् । भृकुटी स्टक ब्रोकिङले  ६ ठाउँमा शाखा खोल्ने अनुमति पाएको छ । कम्पनीले खोल्नलागेका २० शाखामा १० शाखाले यसअघि ब्रोकर कम्पनी नभएको ठाउँमा अनुमति पाएका छन् भने वाँकी १० वटाले भने पुरानै ठाउँमा दोहोरिने भएका छन्।

    यस अघि ब्रोकर कम्पनीको शाखा १ सय २० वटा रहेकोमा ० वटा शाखा खोल्नका लागि अनुमति पाएसँगै अब १ सय ४० पुग्ने भएको छ । उक्त कम्पनीहरुलाई बोर्डले धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९ अनुसार शाखा खोल्ने अनुमति प्रदान गरेको हो । 


    images
    images

    Logo