काठमाडौं । बिपिडब्लु लघुवित्तको शेयरमा २ सय ७ गुणा बढी आवेदन परेको छ । लघुवित्तले जारी गरेको ८० लाख ९५ हजार रुपैयाँ बराबरको शेयरका लागि अन्तिम दिनसम्म १ अर्ब ६७ करोड रुपैयाँ बराबरको आवेदन परेको हो ।
उक्त लघुवित्तको शेयर ८ हजार ९ सय ५० जनालाई वितरण गर्न पर्याप्त हुन्छ । तर निर्धारित समयमा उक्त शेयरका लागि करिब १५ लाखले आवेदन दिएका छन् । यो हिसाबले १ सय ६५ जना आवेदकमध्ये १ जनाले मात्रै शेयर पाउने अवस्था देखिन्छ ।
यद्यपि आवेदकको यो संख्या सक्रिय डिम्याट खाताको संख्या भन्दा निकै कम हो । अहिले करिब ५८ लाख डिम्याट खाता खुलेकोमा करिब ४८ लाख खाताहरु सक्रिय रहेको बताइन्छ ।
बिपिडब्लुको उक्त आवेदनबाट बैंक तथा वित्तीय संस्थाले मात्रै करिब ७५ लाख रुपैयाँ आवेदन शूल्क उठाएका छन् जुन कुल जारी शेयर खरिदका लागि लाग्ने रकम बराबर हो ।



