काठमाडौं । दुई इस्योरेन्स कम्पनीले मर्जरको लागि धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । वोर्डबाट स्वीकृती पाउनेमा आईएमई जनरल इस्योरेन्स र प्रडेन्सियल इस्योरेन्स रहेका छन् । बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपासमा मर्जर हुने सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफ (४) बमोजिम अन्तिम स्वीकृती दिएको हो ।
यी दुई कम्पनी १ः१ अनुपात कायम रहने गरी माघ २९ गते मर्जर सम्बन्धी सम्झौता भएको थियो । अब डिडिए गरेर सम्पत्ति तथा दायित्व निर्धारण गरी आपसीमा गाभिनेछन् ।