काठमाडों । लगातार ५ दिन घटेको नेप्सेमा ब्रेक लागेको छ । मंगलबार १४.४१ अंकले बढेर १ हजार ९ सय ५२ दशमलव ६६ विन्दुमा पुगेको छ । आज कारोबार आएका २ सय ६१ स्क्रिपको १ अर्ब २० करोड रुपैयाँ बराबरको ४० लाख ५९ कित्ता बराबरको शेयर कारोबार भएको छ ।
मंगलबार १ सय ६३ कम्पनीको शेयर मूल्य बढेको छ । ४५ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्यमा स्थिर छ । आज सबैभन्दा धेरै साल्ट ट्रेडीङको शेयर कारोबार भएको छ । आज कम्पनीको १२ करोड ७ लखको शेयर कारोबार भएको छ ।हिमालयन डिष्लिरीको ९ करोड ३९ लाख, छिमेक लघुवित्तको ५ करोड ४५ लाख शिवम् सिमेन्टको ३ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सुभम पावर कम्पनी रहेको छ । त्यस्तै, सुपर मादी हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको छ ।



