images
images

बिहीबारदेखि सातामा १८ अन्तर्राष्ट्रिय उडान, कहाँ कहाँ हुँदैछन् ? 


  • 2.0K
    SHARES
  • २०७८ आषाढ १६ गते बुधबार

    बिहीबारदेखि सातामा १८ अन्तर्राष्ट्रिय उडान, कहाँ कहाँ हुँदैछन् ? 

    काठमाडौं । भोलिदेखि नियमित अन्तराष्ट्रिय हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई महिनाका लागि उडान तालिका सार्वजनिक गरेसँगै स्मार्ट लकडाउन अन्तर्गत अन्तराष्ट्रिय सेवा सञ्चालन हुने बाटो खुलेको हो । प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार जुलाई महिनाका लागि सातामा १८ उडान हुनेछन् । १८ उडानका लागि ९ विमान कम्पनीले सेवा दिनेछन् । 

    प्राधिकरणले अनुसार यो अवधिमा ११ वटा शहरहरुमा नियमित उडान हुनेछ । जसअनुसार नेपाल एयरलाइन्सले कतारको दोहा, युएईको दुबई, मलेसियाका क्वालालम्पुर र जापानको नारितामा उडान भर्नेछ । 

    त्यस्तै, हिमालयन एयरलाइन्सले मलेसियाका क्वालालम्पुर र साउदी अरेबियाको दम्मामहमा उडान भर्नेछ । एयर इन्डियाले भारतको दिल्ली, फ्लाई दुबईले यसएईको दुबई, एयर अरेबियाले युएईको सारजाह, टर्किस एयरलाइन्सले टर्कीको स्तानबुलसम्मको हवाई सेवा दिनेछ भने जजिरा एयरलाइन्सले कुवेत र मालिज्दो एयरलाइन्सले क्वालालम्पुरमा उडान गर्नेछ । 

    २१ उडानमध्ये नेपाल एयरलाइन्सले सबैभन्दा बढी ५ वटा उडान गर्नेछ । त्यस्तै, हिमालयन एयरलाइन्सले ४, कतार, टर्किस र जजिरा एयरलाइन्सले २÷२ तथा एयर अरेबिया, मालिन्दो र सलाम एयरलाइन्सले १÷१ उडान भर्नेछन् । 

    internation-flight-schedule.jpg


    images
    images

    Logo