काठमाडौं । छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश पारितका लागि कम्पनीले चैत १० गते साधारण सभा बोलाएको छ ।
लक्ष्मी लघुवित्तको चुक्ता पुँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.३६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २४ गते महिला दिवसको अवसरमा सार्वजनिक विदा परेकाले उक्त कम्पनीको लाभांश आजसम्म कायम भएका शेयरधनीहरुले मात्रै पाउनेछन् ।
यस अनुसार फागुन २३ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।