images
images

चर्को भाडा असुल्दै सार्वजनिक सवारी, महासंघ भन्छ, ‘सरकारले भाडा नबढाए अब आफैं बढाउँछौं’


  • 579
    SHARES
  • २०७८ आषाढ १६ गते बुधबार

    चर्को भाडा असुल्दै सार्वजनिक सवारी, महासंघ भन्छ, ‘सरकारले भाडा नबढाए अब आफैं बढाउँछौं’

    काठमाडौं । सोमबारदेखि सञ्चालनमा आएका ठूला सवारी साधनले तोकेको भन्दा धेरै भाडा लिन थालेका छन् । इन्धनको मूल्य बढेको भन्दै सार्वजनिक सवारीले भाडा बढाएर लिन थालेका हुन् । 

    अहिले काठमाडौं उपत्यकाका लागि न्यूनतम १४ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । तर, अहिलेको समयमा सरकारले ५० प्रतिशत भाडा बढाएर लिन पाउने व्यवस्था गरेको छ । यसअनुसार न्यूनतम २१ रुपैयाँ तिर्नुपर्छ । तर, सवारीसाधनहरुले भने अहिले यात्रुसँग न्यूनतम २५ रुपैयाँ भाडा असुल गर्दै आएका छन् । 

    यातायात व्यवसायीले भने ३ वर्षअघि मूल्य समायोजन हुँदा डिजेलको भाउ १ सय १ रुपैयाँ रहेको भन्दै अहिले माउ बढेकोले भाडा बढाउनुपरेको दाबी गर्छन् । अहिले उपत्यकामा डिजेलको मूल्य १ सय १० रुपैयाँ पर्छ । 

    महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भने विसं २०६९ देखि सार्वजनिक यातायातको भाडा समायोजन नभएको दाबी गर्छन् । सरकारले समय अनुसार भाडादर समायोजन गर्नुपर्ने भन्दै उनले सरकारले समायोजन नगरे महासङ्घले बढेको घोषणा गर्ने चेतावनी समेत उनले दिए । 


    images
    images

    Logo