काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.७७ अंकले घटेर १ हजार ९ सय ३८ दशमलव २५ विन्दुमा झरेको छ । साताको पहिलो दिन आइतबार २ सय ५९ स्क्रिपको १ अर्ब ३९ करोड रुपैयाँ बराबरको ३८ लाख ३२ हजार कित्ता शेयर किनबेच भएको छ । शेयर बजारले विहीबारलाई निरन्तरता दिएकाे हाे । नेप्से विहीबार पनि २६ अंकले घटेकाे थियाे ।
आज कारोबारमा आएका १८ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय १९६ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनी स्थिर छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।आइतबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ।
त्यस्तै, शिवम् सिमेन्टको ५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफको प्रोमोटर शेयर ३ करोड ८९ लाखको कारोबार भएको छ ।
आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा सुपर मादी हाइड्रोपावर रहेको छ ।



