काठमाडौं । ३ कम्पनीको बोनश शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतवार सुचीकृत हुने कम्पनीमा आइसीएफसी फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स र आधिँखोला लघुवित्तको बोनश शेयर नेप्सेमा सुचीकृत भएको हो ।
आइतबार आइसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस वापतको ५ लाख ६३ हजार ५ सय ५८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको छ । त्यस्तै, फस्र्ट माइक्रोफाइनान्सको १९ प्रतिशत बोनस वापतको १८ लाख ३२ हजार ५ सय ३५कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको छ ।
त्यसैगरी, आधिँखोला लघुवित्तको ३० प्रतिशत बोनस वापतको ३ लाख ५७ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको छ । उक्त कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ।