काठमाडौं । यस साता ५३ अंकले घटेको छ । नेप्से परिसूचक २.६५ प्रतिशत अथाृत ५३.६२ अंक घटेर १ हजार ९ सय ६९ दशमलव ०२ विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से ओरालो लागेको थियो भने एक कारोबार दिन उकालो लागेको थियो।यो साता पनि सेयर बजारका लागि अनुकूल वातावरण बन्न सकेन ।
नेप्सेसँगै यस साता कुल बजार पूँजीकरण पनि घटेको छ। गत साताको अन्तिम कारोबार दिन २९ खर्ब १४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ७० अर्ब रुपैयाँ घटेर २८ खर्ब ४४ अर्बमा सीमित भएको छ।
साताको पहिलो दिन आइतबार नेप्से ४.५५ अंकले बढेर २ हजार २७ दशमलव १९ विन्दुमा पुगेको थियो । सो दिन २ अर्ब ५२ करोड रुपैयाँ बराबर रकममा कारोवार भएको थियो । त्यस्तै साताको दोस्रो दिन सोमबार ३.६५ अंकले घटेर २ हजार २३ दशमलव ५४ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ८९ करोड रुपैयाँ बराबरमा कारोवार भएको थियो । यो दिन नेप्से सँगै कारोबार रकम पनि घटेको थियो ।
त्यस्तै, मंगलबार शेयर बजारले सोमबारलाई निरन्तरता दिएको थियो । सो दिन ३.८१ अंकले घटेर २ हजार १९ दशमलव ७३ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ३८ करोड रुपैयाँ बराबर रकममा कारोवार भएको थियो । साताको चौथो दिन बुधबार २४.४४ अङ्कले घटेर १ हजार ९ सय ९५ दशमलव ४९ विन्दुमा झरेको थियो । सो दिन १ अर्ब २८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, २६.४८ अंकले घटेर १ हजार ९ सय ६९ दशमलव ०१ विन्दुमा पुगेको थियो सो दिन १ अर्ब ३३ करोड रुपैयाँ बराबर रकममा कारोवार भएको थियो । शेयर बजारले साताको दोस्रो दिन सोमबारलाई निरन्तरता दिएको छ । यस साता आइतबार बढेसँगै कारोबार अरु दिन घटेको हो ।
१३ उपसमूहमध्ये यस साता १ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.२७ प्रतिशत बढेको छ।
यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.९३ प्रतिशत घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.७८ प्रतिशत घटेको छ।
यस साता १० कम्पनीको ४ करोड ५२ लाख ७२ हजार १ सय ८२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता बैंक अफ काठमाण्डूको ऋणपत्र, सिद्धार्थ इन्स्योरेन्स, सोल्टी होटल, मेरो माइक्राफाइनान्स, नेपाल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, सिवाईसी नेपाल लघुवित्त र सानिमा बैंकको बोनस शेयर तथा सुपरमादी हाइड्रोपावर र शुभम पावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।



