काठमाडौं । एनएमवि बैंकले ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बैंकले प्रतिइकाइ हजार रुपैयाँका दरले ४० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । बैंकले फागुन १८ गते बाेर्डबाट अनुमति पाएकाे हाे ।
बैंकले १० वर्ष अवधिको ‘एनएमवि डिवेन्चर २०८९–९०’ जारी गर्न लागेको हो । सो अवधिको ऋणपत्रमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकमा एनआइविएल एसि क्यापिटल रहेको छ ।