images
images

दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो ?


  • 411
    SHARES
  • २०७९ फाल्गुण १८ गते बिहीबार

    दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो ?

    काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा डिक्प्रोस लघुवित्त र सपोट माइक्रोफाइनान्स  लघुवित्त रहेका छन् । 

    डिक्प्रोस लघुवित्तले १० प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय ४४ दशमलव ५५ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ८ सय १९ रुपैयाँमा भएको थियो ।

    त्यस्तै, सपोट माइक्रोफाइनान्स  लघुवित्तले ११ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य  ९ सय ९० दशमलव ९९ रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार १ हजार १ सय रुपैयाँमा भएको थियो ।

    आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।

     


    images
    images

    Logo