images
images

नेप्सेमा ओरालो यात्रा कायमै, २६ अंकले घट्दा परिसूचक १९६९.०१ विन्दुमा


  • 270
    SHARES
  • २०७९ फाल्गुण १८ गते बिहीबार

    नेप्सेमा ओरालो यात्रा कायमै, २६ अंकले घट्दा परिसूचक १९६९.०१ विन्दुमा

    काठमाडौं । नेप्सेमा ओरालो यात्रा कायमै रहेको छ । सोमबारदेखि घटेको बजारले आजपनि निरन्तरता दिएको हो । नेपाल स्टक एक्स्चेञज (नेप्से) परिसूचक २६.४८ अंकले घटेर १९६९.०१ विन्दुमा पुगेको छ । साताको अन्तिम दिन नेप्सेमा ३६ लाख ५७ हजार १ सय ५४ कित्ता शेयर १ अर्ब ३३ करोड रुपैयाँ बराबर रकममा कारोवार भएको हो । बुधबार नेप्सेमा १ अर्ब २८ करोड बराबरको कारोवार भएको थियो । 

    आज कारोवारमा आएका २ सय १६ कम्पनीमध्ये १९ वटाको शेयरममूल्य बढेको, १ सय ९४ वटाको घटेको र ३ वटाको स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबैका सूचक घटेका छन् । 

    बिहीबार कारोवारमा आएका मध्ये कुनैपनि कम्पनीको शेयरमूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेको छैन । 

    आज हिमालयन डिस्टिलरीकोे कारोवार रकम सबैभन्दा धेरै रहेको छ । 


    images
    images

    Logo