images
images

२ कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, कसको कति ?


  • 442
    SHARES
  • २०७९ फाल्गुण १८ गते बिहीबार

    २ कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, कसको कति ?

    काठमाडौं । २ कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । बिहीवार शुभम पावर कम्पनी र सुपर मादी हाइड्रोपावरको आईपीओ सुचीकृत भएको हो । 

    बिहीवार शुभम पावरको २० लाख कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो दिनको कारोबारका लागि न्युनतम ८८ रुपैयाँ ४८ पैसा र अधिकतम २ सय ६५ रुपैयाँ ४४ पैसा ओपनिङ रेञ्च तोकेको छ । 

    त्यस्तै, सुपर मादी हाइड्रोपावरको २ करोड १० लाख कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ । उक्त कम्पनीको पहिलोकारोबार न्युनतम ९८ रुपैयाँ ८० पैसा र अधिकतम २ सय ९९ रुपैयाँ ४० पैसा ओपनिङ रेञ्च तोकेको छ ।

    सो शेयर बिहीवार नेप्सेमा सुचीकृत भएको छ । उक्त शेयर सुचीकृत भएसँगै दोस्रो कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo