images
images

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तोकियो, कति जनाले पाउँछन् ? 


  • 554
    SHARES
  • २०७९ फाल्गुण १८ गते बिहीबार

    मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तोकियो, कति जनाले पाउँछन् ? 

    काठमाडौं ।  मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तोकिएको छ । कम्पनीले सर्वसाधारणका निष्काशन गरेको आइपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको हो । आइपीओ बाँडफाँडको  विहान १० बजे हुने भएकाे विक्री प्रबन्धकले जनाएको छ । 

    सो आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुने कम्पनीले जनाएको छ । मोलुङ हाइड्रोपावरले फागुन ४ गतेदेखि १० गतेसम्म सर्बसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो।

    यसमा १४ लाख ८७ हजार ५ सय ८४ जनाले कुल १ करोड ६५ लाख ९० हजार १ सय ७० कित्ताको लागि आवेदन दिएका छन् । जसमा २ लाख २६ हजार ४ सय ६५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख ६१ हजार १ सय १८ जनाको भने हात खाली हुनेछ । उक्त  हाइड्रोपावरले २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आईपीओ जारी गरेको थियो ।

    यसमध्ये १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८ सय ५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिला नै निष्कासन गरिसकेको थियो । यस्तै, ५५ अर्थात् १ लाख ३६ हजार ४ सय २५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५४ हजार ५ सय ७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २२ लाख ६४ हजार ६ सय ५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो । 


    images
    images

    Logo