images
images

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 379
    SHARES
  • २०७९ फाल्गुण १८ गते बिहीबार

    २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बिहीवार डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि डिप्रोक्स लघुवित्तले फागुन १९ गते र सपोर्ट लघुवित्तले फागुन २१ गते आइतवार बुक क्लोज गर्ने निर्णय गरेका छन् । तसर्थ फागुन १८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउनेछन् । 

    डिप्रोक्स लघुवित्तले फागुन ३० गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ११.५२६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    यस्तै, सपोर्ट लघुवित्तको चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.५७८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न चैत ४ गते साधारणसभा बोलाएको छ। 

    यस अनुसार फागुन १८ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo