काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक २४ दशमलव ४४ अङ्कले घटेर १ हजार ९ सय ९५ दशमलव ४९ विन्दुमा कामय भएको हो ।
नेप्से परिसूचक करिब दुई महिनापछि २ हजारको अङ्क भन्दा तल झरेको हो । आज २ सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार ९ सय ७६ कित्ता शेयर २६ हजार ४ सय ५४ पटक खरिद–बिक्री हुँदा १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ५६ दशमलव ८१ र उत्पादन समूहको उपसूचक एक सय ११ दशमलव २० अङ्कले घटेको छ । बैंङ्किङ समूह सात दशमलव ६३, विकास बैंक ५१ दशमलव ४५, वित्त समूह १० दशमलव ५७, होटल तथा पर्यटन समूह ४७ दशमलव ०७ र जलविद्युत् समूह ३४ दशमलव ९५ अंकले घटेको नेप्सेले जनाएको छ ।
त्यसैगरी, आज लघुवित्त समूहको उपसूचक एक सय ४ दशमलव ६७ र निर्जीवन बीमा समूहको उपसूचक ९७ दशमलव ६२ अकले घटेको छ । लगानी समूह शून्य दशमलव ५६, म्युचुअल फन्ड शून्य दशमलव ११ व्यापार समूह २७ दशमलव ७१ र अन्य समूह १९ दशमलव ११ अङकले घटेको छ । आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै बोटलर्स नेपाल ९तराई० लिमिटेडको शेयर मूल्य ९ दशमलव ६१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ८ करोड ७२ लाख ३७ हजार रुपैयाँ बराबरको १ लाख ७९ हजार ४ सय ९० कित्ता शेयर खरिद–बिक्री भएको छ ।



