images
images

आफ्नै पहलमा स्रोत जुटाएर २ करोडको अक्सिजन प्लान्ट बनाउँदै बेलका नगरपालिका


  • 475
    SHARES
  • २०७८ आषाढ १५ गते मंगलबार

    आफ्नै पहलमा स्रोत जुटाएर २ करोडको अक्सिजन प्लान्ट बनाउँदै बेलका नगरपालिका

    काठमाडौं । उदयपुरको बेलका नगरपालिकाले आफ्नै पहलमा स्रोत जुटाएर २ करोड रुपैयाँ भन्दा बढी लागतको अक्सिजन प्लान्ट निर्माण थालेको छ । ५० दिनभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित सो नगरपालिकाले प्लान्ट निर्माणको कार्यलाई तीव्रता दिएको हो । 

    अक्सिजन प्लान्ट निर्माणका लागि नगरपालिकाले यसअघि नै नगर प्रमुख दुर्गाकुमार थापाको संयोजनकत्वमा उपप्रमुख राजकुमारी चौधरी समेत सम्मिलित समिति गठन गरेर स्रोत संकलन थालेको थियो । हालसम्म सो प्रयोजनको लागि १ करोड रुपैयाँभन्दा बढीकोे स्रोत संकलन भइसककेको छ । 

    बेलकाले प्रस्ताव गरेको सो अक्सिजन पलन्टका लागि उदयपुर जिल्लाका ८ वटै स्थानीय तहहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उदयपुर विकास बोर्डको निर्णय अनुसार नगरपालिकाले १०/१० लाख र गाउँपालिकाले ५/५ लाखको दरले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको नगर प्रमुख दुर्गाकुमार थापाले जानकारी दिए । 

    durga.jpg

    त्यसमध्ये हालसम्म रौता, ताप्लीले सहयोग रकम हस्तान्तरण गरिसकेका छन् । सप्तरीको सप्तकोशी नगरपालिकाले ५ लाख सहयोग प्रदान गरिसकेको नगर प्रमुख थापाको भनाइ छ । 

    जिल्लामा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, सामुदायिक वन उपभोक्ता समूह, कृषक समूह, सहकारी संस्था र व्यक्तिले समेत सो परियोजनाका लागि उल्लेख्य सहयोग गरेका छन् । जिल्लामा क्रियाशील केयर नेपाल नामक गैर सरकारी संस्थाले कृषक समुह महासङ्घ मार्फत् १० लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै,  नेदरल्यान्ड ल्याप्रोसी रिलिफ (एनएलआर), सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सीएसआरसी) अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),  हरि घिमिरे, धनेन्द्र वस्नेत, सन्तोष सुवेदी लगायतले पनि १ लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको उल्लेख गरिएको छ । 

    १ करोड ३४ लाखमा प्लान्ट ल्याउने सम्झौता

    स्रोत परिचालनसँगै नगरपालिकाले प्लान्ट ल्याउने प्रक्रिया समेत अघि बढाएको छ । नगरपालिकाले टर्कीबाट युरोपियन स्ट्याण्डर्डको प्लान्ट आयात गर्ने तयारी गरेको छ । यसका लागि काठमाडौंको नयाँबानेश्वरस्थित पी.डी. सप्लायर्ससँग १ करोड ३४ लाखमा सम्झौता गरिसकेको छ । 
    सो लागतमध्ये पी.डी. इन्जिनियरिङ आफैंले करिब १७ लाख रुपैयाँ व्यहोर्नेछ । बाँकी रकममध्ये सुरुमा ५० प्रतिशत, निर्माण सम्पन्न भएपछि ४५ प्रतिशत र २ वर्षपछि बाँकी ५ प्रतिशत रकम भुक्तानी गर्नेगरी समझदारी बनेको छ । सो कम्पनीले प्लान्ट २ वर्षसम्म सञ्चालनको वारेन्टी दिनेछ । 

    बिरामीका लागि अक्सिजन, किसानका लागि नाइट्रोजन

    कोभिड–१९ महामारीको रोकथामका लागि जनाड गर्न लागिएको उक्त प्लान्टबाट प्रतिघण्टा ११.५ क्युबिक मिटर क्षमता रहनेछ । त्यसले दैनिक ३८ सिलिन्डर ग्यास भर्नसक्ने क्षमता राख्छ । 

    यसका अतिरिक्त यो प्लान्टबाट दैनिक ३३ क्युबिक मिटर नाइट्रोजन उत्पादन हुने जनाइएको छ । यो नाइट्रोजन कृषिमा उत्पादकत्व बढाउन तथा पशुको कृतिम गर्भाधानको लागि समेत प्रयोग हुने बताइएको छ । यसले सो क्षेत्रका किसानहरु लाभान्वित समेत हुनेछन् । 


    images
    images

    Logo