images
images

चार दुग्ध उद्योगमाथि कारबाही, रु ४५ हजार राजस्व सङ्कलन


  • 255
    SHARES
  • २०७८ आषाढ १५ गते मंगलबार

    चार दुग्ध उद्योगमाथि कारबाही, रु ४५ हजार राजस्व सङ्कलन

    धादिङ । जिल्लाका चार दुग्ध उद्योगमा अनुगमन गरी कारवाही  समेत गरिइएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले  संयुक्तरुपमा आज विभिन्न चार दुग्ध उद्योगको अनुगमन गरी कारबाही गर्दा रु ४५ हजार राजस्व सङ्कलन समेत भएको छ । 

    अनुगमन टोलीले पशुपति दुग्ध उद्योगलाई रु १० हजार,  एन के दुग्ध उद्योगलाई  रु १५ महांकाल  दुग्ध उद्योगलाई रु  १० हजार र खनाल दुग्ध उद्योगलाई  रु १५ हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।  

    उनका अनुसार ती उद्योगका उत्पादनस्थलमा म्याद गुज्रिएका सामग्री फेला परेको, उत्पादन तथा प्रशोधन स्थल फोहोर भएको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा नगरेको र उद्योग सञ्चालन भएको लामो समयसम्म पनि अनुमतिपत्र नलिएको भेटिएको थियो । 


    images
    images

    Logo