काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार सानिमा बैंक लिमिटेड र सीवाईसी नेपाल लघुवित्तको बोनस शेयर नेप्सेमा सचीकृत भएको हो ।
सानिमा बैंक लिमिटेडको १० प्रतिशत बोनस बापतको १ करोड १३ लाख २७ हजार ३ सय ७७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । त्यस्तै, सीवाईसी नेपाल लघुवित्तको ३० प्रतिशत बोनस बापतको ३ लाख ६४ हजार ९ सय २५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
यो दुई कम्पनीको बोनस शेयर सुचीकृतसगैँ दोस्रो बजारमा कारोवारको लागि योग्य भएको छ ।