images
images

काठमाडौं उपत्यकामा मात्र ४५८ जना कोरोना संक्रमित 


  • 537
    SHARES
  • २०७८ आषाढ १५ गते मंगलबार

    काठमाडौं उपत्यकामा मात्र ४५८ जना कोरोना संक्रमित 

    काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५८ जना कोरोना संक्रमित थपिएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    जसमा काठमाडौंमा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० जना संक्रमित थपिएका हुन् ।

    मन्त्रालयका अनुसार उपत्यकामा हाल ८ हजार ३३० जना सक्रिय संक्रमित रहेका छन् ।

    हाल देशभर २,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ ।

    त्यस्तै कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४,४८९ जना रहेको छ । 

     


    images
    images

    Logo