images
images

सेती नदी पुल निर्माणपछि स्थानीयवासी हर्षित


  • 342
    SHARES
  • २०७८ बैशाख १५ गते बुधबार

    सेती नदी पुल निर्माणपछि स्थानीयवासी हर्षित


    चैनपुर । सदरमुकाम चैनपुर पानकोटस्थित मोटरेबल पुल निर्माणको काम सकिएको छ । शुरुको चरणमा २०७२ साल वैशाख ८ गते नीलगिरि र जागृति निर्माण सेवाले संयुक्त रूपमा पुल निमार्णको जिम्मा पाएका थिए तर बीचमा पिलरका लागि खाल्डो खन्दा ढुङ्गा भेटिएको भन्दै निर्माण कम्पनीले काम गर्न नसक्ने जनाएको थियो ।
    चैत २०७५ मा इस्टिमेट परिवर्तन गरी पुनः टेन्डर भई निर्माण कार्य  इलाइट कन्स्ट्रक्शन प्रालिसँग करीब नौ करोडमा क्रसब्रिज बनाउने ठेक्का सम्झौता भएको थियो ।
    कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको पुल २०७७ साल मङ्सिर महिनाबाट फेरि काम अगाडि बढाइएको र अहिले पुलको सबै काम सकेर स्थानीय सरकारलाई हस्तान्तरण गर्न भने बाँकी रहेको स्थानीय सडक, पुल कार्यक्रमका प्राविधिक अधिकृत हरिशङ्कर जोशीले बताए । 
    पुल बनेपछि सेती नदी पारि रहेका स्थानीयवासीलाई आवतजावतमा सहज हुनाका साथै गाउँघरमा उत्पादन भएका स्थानीय स्रोत साधनलाई बजारसम्म पु¥याउन र अन्य निर्माणका सामग्री ढुवानी गर्नसमेत सजिलो हुने जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष गगनबहादुर सिंहले जानकारी दिए । पुलको लम्बाइ ७० मिटर रहेको छ । 


    images
    images

    Logo