काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ३.८१ अंकले घटेर २०१९.७३ विन्दुमा पुगेको छ । साताको तेस्रो दिन नेप्सेमा ३९ लाख ४६ हजार २४ कित्ता शेयर १ अर्ब ३८ करोड रुपैयाँ बराबर रकममा कारोवार भएको हो । सोमबार नेप्सेमा १ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोवार भएको थियो ।
आज कारोवारमा आएका २ सय १६ कम्पनीमध्ये ८८ वटाको शेयरमूल्य बढेको, १ सय १८ कम्पनीको शेयरमूल्य घटेको र १० वटाको स्थिर रहेको छ । १३ उपसमूहका सूचकमध्ये ४ वटा बढेको छ ।
मंगलबार कारोवारमा आएका मध्ये ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा आँधिखोला लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था रहेका छन् ।
आज युनिभर्सल पावर कम्पनीको कारोवार रकम सबैभन्दा धेरै रहेको छ ।



