काठमाडौं । युरोकप २०२० फुटबलमा आज (मंगलबार) राति प्रि–क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै छ ।
नेपाली समयाअनुसार इंग्ल्यान्ड र जर्मनीबीचको पहिलो खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै दुवै टोली अन्तिम आठमा आफ्नो स्थान बनाउने योजनामा हुनेछन् । जर्मनीले युरोकप फुटबलको सर्वाधिक तीनपटक उपाधि जितेको छ ।
जर्मनीले समूह ‘एफ’बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो ।
इंग्ल्यान्डले समूह ‘डी’बाट अपराजित रहँदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।
युरोकपमा इंग्ल्यान्ड र जर्मनी तेस्रोपटक भिड्न लागेका हुन् । यसअघिका दुई खेलमा दुवै टोलीले एक÷एक जित निकालेका थिए ।
आजै हुने स्वीडेन र युक्रेनबीचको दोस्रो खेल नेपालीसमय अनुसार राति १२ः४५ बजे स्कटल्यान्डको ह्याम्पडेन पार्कमा सुरु हुनेछ ।
स्वीडेन समूह ‘ई’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । युक्रेन समूह ‘सी’बाट नकआउट चरणमा पुगेको हो । समूहको तेस्रो स्थानमा रहेको युक्रेन उत्कृष्ट तेस्रो टिम बन्दै राउन्ड अफ १६ मा पुगेको हो ।



