images
images

दुई कम्पनीको शेयर कारोबार रोक्का 


  • 307
    SHARES
  • २०७९ फाल्गुण १६ गते मंगलबार

    दुई कम्पनीको शेयर कारोबार रोक्का 

    काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । यसरी कारोबार रोक्का हुनेमा प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेड रहेका छन् ।  

    दुई इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने प्रक्रिया सम्पन्न भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट फागुन १७ गतेदेखि एकिकृत कारोबार गर्ने भएको हुँदा धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिक २०७९ को दफा ९ (२) को प्रयोजनको लागि ऐ. निर्देशिका २०७९ को दफा ९ (३) बमोजिम शेयर कारोबार रोक्का गरिएको हो।

    प्रचलित नियम अनुसार मर्जरको सहमति पश्चात आधारभुत शेयरधनीहरुको मात्रै शेयर कारोबार रोक्का रहन्छ । एकिकृत कारोबार भएको दिनदेखि १५ दिनसम्म भने सबै शेयरधनीहरुको शेयर कारोबार रोक्का हुने व्यवस्था रहेकाे छ ।

    यी दूई कम्पनी मर्जरमा भएपछि भोली अथात् फागुन १७ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । दुई कम्पनी बराबरी हैसियतमा मर्जर भएका हुन् । मर्जरपछि बन्ने नयाँ कम्पनीमा साविक सिद्धार्थ इन्स्योरेन्स कम्पनीका बिरेन्द्र बैदवार प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्नेछन् भने कम्पनीको केन्द्रीय कार्यालय बबरमलमा नै रहनेछन् । 


    images
    images

    Logo