काठमाडौं । आज अथात् (सोमबार) सम्ममा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा १६ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ः०४ बजेसम्ममा १६ लाख ९ हजार ५ सय ८६ जना आवेदकबाट १ अर्ब ७८ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ७८ लाख ८ हजार कित्ता शेयरको लागि आवेदन परेको हो ।
कम्पनीले फागुन ११ गतेदेखि आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो ।
जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन भएको हो । यसमध्ये १० प्रतिशत अर्थात् २० हजार ३ सय ३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।
सो मध्ये २० हजार ३ सय ३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ भने ३ हजार १ सय १७ कित्ता शेयर कर्मचारीहरु तथा १० हजार १ सय ७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणलाई बाँकी रहेको १ लाख ६९ हजार ७ सय ५५ कित्ता शेयर मात्रै वितरण हुनेछ ।



