images
images

कोपा अमेरिका अन्र्तगत कुन-कुन देश क्वाटरफाइनलमा भिड्ने


  • 451
    SHARES
  • २०७८ आषाढ १५ गते मंगलबार

    कोपा अमेरिका अन्र्तगत कुन-कुन देश क्वाटरफाइनलमा भिड्ने

    काठमाडौं ।  कोपा अमेरिका फुटबल अन्र्तगत को कवाटरफाइनलमा खेल्ने टिम पूरा भएको छ । मंगलबार समूह ‘ए’ अन्तर्गत अन्तिम दुई खेल सकिएपछि क्वाटरफाइनलका टिम तय भएको हो ।

    कोपामा यस पटक दक्षिण अमेरिकाका १० टिमले प्रतिस्पर्धा गरेका थिए जसमा ८ टिम क्वाटरफाइनल पुग्दा समूह ‘ए’ बाट बोलिभिया तथा समूह ‘बी’ बाट भनेजुएला समूह चरणबाट बाहिरिएका हुन् ।

    समूह ‘बी’ बाट आयोजक ब्राजिल समूह विजेता बन्यो । पेरु दोस्रो, कोलम्बिया तेस्रो र इक्वेडर चौथो बन्दै क्वाटरफाइनल पुगेका छन् ।

    अब क्वाटरफाइनलमा समूह ‘ए’ को विजेता अर्जेन्टिनाले समूह ‘बी’ को चौथो स्थानमा रहेको इक्वेडरसँग खेल्नेछ । यस्तै समूह ‘बी’ को विजेता ब्राजिलले समूह ‘ए’ को चौथो स्थानको चिलीसँग खेल्नेछ ।

    समूह ‘ए’ मा दोस्रो भएको उरुग्वेल समूह ‘बी’ को तेस्रो भएको कोलम्बियासँग तथा समूह ‘ए’ को तेस्रो भएको पाराग्वेले समूह ‘बी’ को दोस्रो भएको पेरुसँग खेल्नेछ ।

    अर्जेन्टिना र इक्वेडर तथा उरुग्वे र कोलम्बियाबीचको खेलको विजेताले सेमिफाइनल खेल्नेछ । यस्तै ब्राजिल र चिली तथा पाराग्वे र पेरुबीचको खेलको विजेताले अर्को सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

    फाइनल खेल जुलाई १० मा माराकाना स्टेडियममा हुनेछ ।


    images
    images

    Logo