काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउन सिफारिस गरिएको छ । गृह मन्त्रालय अन्तर्गत बढुवा समितिले उनको बढुवाका लागि प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरी पठाएको हो ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार सो सिफारिस गरिएको समितिको सचवालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
