images
images

ठूला गाडीमात्रै खुलाएकोमा व्यवसायी र मजदूरको आपत्ति, १८ गतेदेखि गाडी निकाल्ने घोषणा


  • 858
    SHARES
  • २०७८ आषाढ १४ गते सोमबार

    ठूला गाडीमात्रै खुलाएकोमा व्यवसायी र मजदूरको आपत्ति, १८ गतेदेखि गाडी निकाल्ने घोषणा

    काठमाडौं । २५ सिटभन्दा माथि क्षमताको सवारी साधनलाई जोर बिजोर आधारमा मात्रै चल्न दिने निर्णयबारे यातायात व्यवसायी र मजदूरहरुले आपत्ति जनाएका छन् । 

    सोमबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात क्षेत्र सम्बद्ध तीनवटै मजदूर संगठनको बैठकले प्रशासनको उक्त निर्णय अव्यवहारिक भएको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गरेका हुन् । व्यवसायी र मजदूरहरुले सरकारले अरु सबै क्षेत्रलाई खुला गर्दै गएकाे तर यातायात क्षेत्रलाई भने अझै सञ्चालन हुन नदिने निर्णय गर्नु अव्यवहािरक रहेकाे जनाएको हो । 

    उनीहरुले २०६९ देखि वैज्ञानिक रुपमा भाडा समायोजन नभएको भन्दै भाडा बढाउन समेत माग गरेका छन् । त्यस्तै श्रमिकलाई तुरुन्त कोभिड खोप दिन तथा सबै प्रमारका सवारीसाधन सञ्चालन हुने व्यवस्था मिलाउन समेत सरकारसँग माग गरेका छन् । 

    माग पूरा नगर्ने हो भने असार १८ गतेदेखि व्यवसायी र मजदूर आफैंले गाडी निकाल्ने समेत बैठकले निर्णय गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारले यातायात व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न नदिएर मार्न चाहेको आरोप लगाउँदै यसविरुद्ध १८ गतेदेखि गाडी निकालेर अव१ा गर्ने निर्णय भएको बताए । 

    'हामी गाडी निकाल्छाैं, पक्रिए पनि पक्रिउन्, जेल हाले पनि हालुन्, अन्यथा सवारीसाधन चल्ने वातावरण बनाउनुपर्छ', उनले भने । 

    press-release1.jpg

    press-release2.jpg


    images
    images

    Logo