काठमाडौं । काठमाडौं उपत्यकामा ५१४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ३५५, भक्तपुरमा ४७ र ललितपुरमा ११२ जना संक्रमित थपिएका हुन् ।
उपत्यकामा हाल ८ हजार ३९७ जना सक्रिय संक्रमित रहेको छ ।
नेपालमा थप २४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै ३८५३ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ ।