काठमाडौं । नेपालमा थप २४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै ३८५३ जना संक्रमणमुक्त भएका छन् ।
आज गरिएको ६६४८ जनामा पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २४४४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ ।