काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल सरकारबाट उच्च करदाताका रुपमा सम्मान गरिएका आफ्ना सदस्यलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०७९ को उपलक्ष्यमा सरकारले १६ जनालाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । ती मध्ये नेपाल उद्योग परिसंघका सदस्य रहेका ८ जनालाई संघले सम्मानित गरेको हो ।
यसरी सम्मानित हुने करदाताहरुमा शिव शक्ति घ्यू उद्योग प्रालि (निर्यात), राजेश मेटल क्राफ्टस प्रालि (विशेष उद्योग), ओसीबी फुड्स एण्ड फिड्स प्रालि (कृषि), नबिल बैंक (वित्तीय संस्था), मनकामना दर्शन प्रालि (पर्यटन), आईएमई लिमिटेड (रेमिट्यान्स तथा मनि ट्रान्स्फर), विजयकुमार शाह (व्यक्तिगत आय) र सूर्य नेपाल प्रालि (आन्तरिक राजस्व) रहेका छन् ।
कार्यक्रममा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, गभर्निङ काउन्सिल सदस्यहरु शिवरतन शारडा, उपाध्यक्षहरु राजेश अग्रवाल, वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, मानार्थ उपाध्यक्ष अनुज अग्रवाल, परिसंघको विभिन्न समिति, काउन्सिल तथा फोरमका सभापतिहरु लगायतको सहभागिता रहेको थियो ।



