images
images

वाइक ट्याक्सी ड्राईभरमा दुवई र कतारमा जान नपाइने


  • 346
    SHARES
  • २०७९ फाल्गुण ९ गते मंगलबार

    वाइक ट्याक्सी ड्राईभरमा दुवई र कतारमा जान नपाइने

    काठमाडौं । वैदेशिक रोजगार विभागले वाइक राईडर र ट्याक्सी ड्राईभरको रुपमा दुवई र कतारमा रोक लगाएको छ । विभागले एक सुचना जारी गर्दै वाइक राईडर र ट्याक्सी डाईभरको रुपमा दुवई र कतारमा जान रोक लगाएको हो । 

    विभागले वाइक राईडर र ट्याक्सी ड्राईभरका रुपमा काम गर्ने जाने नेपाली श्रमिक विभिन्न समस्यामा परेको भन्दै अर्को सुचना जारी नभएसँगको लागि पूर्व स्वीकृती नदिने निर्णय गरेको छ । विभागका अनुसार सो कामका लागि गएका श्रमिकहरु स्वीकृती मागपत्र आुसार न्युनतम तलव प्राप्त गर्न नसकेको, लामो समयसम्म लाइसेन्स प्राप्त गर्ने नसक्दा काम विहीन भइ बस्न परेको भन्दै विभागले पूर्व स्वीकृती नदिने निर्णय गरेको हो ।

    उनीहरूलाई सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनबारे जानकारी नहुँदा ट्राफिक कारबाहीमा पर्ने गरेका छन् । जसले गर्दा उनीहरूले ठूलो रकम जरिवानाका लागि बुझाउनुपर्ने अवस्था छ । 

    ट्राफिक नियमबारे जानकारी नहुँदा दुर्घटनामा समेत पर्ने गरेको भन्दै विभागले रोक लगाउने निर्णय गरेको हो । ती देशहरूमा रहेका नेपाली दूतावासले समेत ती पदहरूका लागि मागपत्र प्रमाणीकरण नगर्न अनुरोध भएको थियो । 

    यी मुलुकहरूमा बाइक राईडर र ट्याक्सी ड्राइभर पदमा श्रमिक पठाउन सुरक्षित नदेखिएकोले अर्को निर्णय नभएसम्मका लागि बाइक राईडर र ट्याक्सी ड्राइभर पदको पूर्वस्वीकृति प्रदान नगर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo