सामाजिक सञ्जाल ट्वीटरले अनभेरिफाइड प्रयोगकर्ताको लागि दिँदै आएको दोहोरो प्रमाणीकरण सुविधा खारेज गरेको छ । सोमबार ट्वीट गर्दै ट्वीटरको सपोर्ट अकाउन्टले यो सुविधा खारेज गरेको जनाएको हो । यो व्यवस्था सोमबार देखि नै लागु भएको छ ।
यसअघि नयाँ डिभाइस वा ब्राउजरबाट अकाउन्ट खोल्दा सुरक्षाका लागि तोकिएको मोबाइल नम्बर, इमेल वा पहिले लगइन गरिएको डिभाइसमा सुरक्षा अलर्ट दिने गरिएको थियो ।
यद्यपि ब्लूटिक पाएका सब्स्क्राइबर प्रयोगकर्ताका लागि भने यो सुविधा निरन्तर रहने ट्वीटरले जनाएको छ । अन्य प्रयोगकर्ताका लागि भने प्रमाणीकरण एप वा सेक्युरिटी कि प्रयोग गर्न सकिने जनाइएको छ ।