images
images

टर्कीएमा पुन: शक्तिशाली भूकम्प, छ जनाको मृत्यु


  • 321
    SHARES
  • २०७९ फाल्गुण ९ गते मंगलबार

    टर्कीएमा पुन: शक्तिशाली भूकम्प, छ जनाको मृत्यु

    एन्टाक्या । टर्कीएमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार भएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो ।

    सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । गत माघ २३ गते टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा परी टर्कीए र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।


    images
    images

    Logo