images
images

३ करोड ३९ लाख श्रमिक आवद्ध युनियन महासंघको महाधिवेशन बुधबार सुरु हुँदै

नेपालबाट मजदूर नेता राई सहभागी


  • 322
    SHARES
  • २०७९ फाल्गुण ९ गते मंगलबार

    ३ करोड ३९ लाख श्रमिक आवद्ध युनियन महासंघको महाधिवेशन बुधबार सुरु हुँदै

    काठमाडौं । विश्वकै सबैभन्दा ठूलो ट्रेड युनियन महासंघको महाधिवेशन बुधबार सुरु हुँदैछ । भारतीय काँग्रेस आईको शुभेच्छुक संगठनको रुपमा रहेको भारतको इण्डियन नेशनल ट्रेड युनियन कांग्रेस (इन्टक) को ३३ औं राष्ट्रिय महाधिवेशन दिल्लीको तालकटोरा इण्डोर स्टेडियममा हुन लागेको हो । 

    बुधबार सुरु भइ दुई दिनसम्म चल्ने तय गरिएको उक्त महाधिवेशनमा इन्टकमा २७ वटा पेशागत संगठनका ५ हजार भन्दा धेरै प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ ।  

    समारोहमा विश्वभरमा मुख्यमुख्य ट्रेड युनियनका प्रतिनिधिहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको छ । नेपालबाट नेपाल ट्रेड युनियन कांग्रेसका प्रतिनिधिको रुपमा आईटीएफका कार्यसमिति सदस्य समेत रहेका नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) का उपाध्यक्ष अजय कुमार राईले सहभागिता जनाउँदैछन् । 

    भारतको स्वतन्त्रतासँगै सन् १९४७ मा स्थापित उक्त महासंघ अहिले ७६ वर्षको भइसकेको छ । महासंघमा हाल ३ करोड ३९ लाख मजदूरले सदस्यता लिएका छन्, जुन विश्वका अन्य सबै ट्रेड युनियनको भन्दा बढी हो । सो संस्थाको इन्टरनेशनल ट्रेड युनियन कन्फेडेरसन (आईटीयूसी) मा पनि आबद्धता रहेको छ ।


    images
    images

    Logo