images
images

भक्तपुर नगरसभाद्वारा ल क्याम्पस र शवदाह गृह सञ्चालन कार्यविधि पारित


  • 275
    SHARES
  • २०७९ फाल्गुण ८ गते सोमबार

    भक्तपुर नगरसभाद्वारा ल क्याम्पस र शवदाह गृह सञ्चालन कार्यविधि पारित

    भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख एवम् तेह्रौं नगरसभाका सभाअध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा  मंगलबार बसेको नगरसभाको बैठकबाट भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज अफ लको विनियम, २०७९ र भक्तपुर नगरपालिका, सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ सुझावसहित सर्वसम्मतिबाट पारित भयो ।

    सभामा बोल्दै सभाध्यक्ष प्रजापतिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्य कानुनहरुले दिएको अधिकार प्रयोग गरी अघिल्लो कार्यकालमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सातवटा शैक्षिक संस्थाहरुको विनियम पारित भइ लागू भइसकेको अवगत गराउँदै सोही विनियमअनुरुप ख्वप कलेज अफ लको विनियम निर्माण भएको बताए ।

    भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरिरहेको काम अन्य स्थानीय तहहरुको लागि पनि अनुकरणीय रहेको बताउँदै नगरसभाबाट पारित ऐन, कार्यविधि, विनियम तथा निर्देशिका आवश्यकताअनुसार परिमार्जन र संशोधन हुने पनि उनले बताए ।

    पारित ख्वप कलेज अफ लको विनियममाथि भएको छलफलमा सभासद्द्वय हेरा ख्याजू र इन्द्रबहादुर प्याठले सञ्चालक समितिमा विज्ञहरुलाई समावेश गर्नुपर्ने, नगरबासी विद्यार्थीहरुलाई भर्ना शुल्कमा छुट र छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने धारणा राखे । सभामा उठेका जिज्ञासामाथि विधायन समितिका संयोजक हरिराम सुवालले प्रष्ट पारेका थिए ।

    सोही क्रममा आजको सभामा प्रस्तुत भक्तपुर नगरपालिका, सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ माथि छलफलमा सभासद्हरु रीता फसिकवा र पुरुषोत्तम तमखूले सुधारिएको शवदाह गृह चौबिसै घण्टा सञ्चालन गर्न सकिए जनतालाई सहज हुने र गुठियारहरुलाई शवदाह गृह सञ्चालनबारे तालिम दिन सके यथोचित हुने बताए ।

    आजको सभामा नगर प्रमुख प्रजापतिको अनुमतिमा विधायन समितिका संयोजक हरिराम सुवालले भक्तपुर नगरपालिका सहकारी नियमावली, २०७९ सभामा छलफलको लागि प्रस्तुत गरे ।

    सभाध्यक्ष प्रजापतिले नगरसभाको अर्को बैठक फागुन १० गते बुधबार दिनको १ बजे बस्नेगरी आजको बैठक सकिएको जानकारी गरे ।  

     


    images
    images

    Logo