काठमाडौं । सोमबार तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र स्वावलम्बन लघुवित्त वित्तीय संस्था रहेका छन् ।
कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापतको नेप्सेले ३ सय १० दशमलव ४८ रुपैयाँमा कायम गरेको छ । यस कम्पनीको अन्तिम कारोबार ३ सय २६ रुपैयाँमा भएको थियो । त्यस्तै, ङादी ग्रुप पावरको ४.७५ प्रतिशत बोनस बापतको नेप्सेले सोमबार २ सय ६३ दशमलव ४८ रुपैयाँमा कायम गरेको छ भने कम्पनीको २ सय ७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
त्यस्तै, स्वावलम्बन लघुवित्तको १५ प्रतिशत बोनस बापतको नेप्सेले ९ सय ८२ दशमलव ६१ रुपैयाँमा कायम गरेको छ भने १ हजार १ सय ३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।