काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरिएका गोविन्द गुरुङले सोमबार पदभार ग्रहण गरेका छन् । बैंक सञ्चालक समितिका अध्यक्ष सुमन दाहालले सपथ गराएपछि औपचारिक रुपमै गुरुङ सीईओको काम थालेका हुन् ।
सीईओको नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिको सिफारिसमा बैंक सञ्चालक समितिले गुरुङलाई ४ वर्षका लागि उक्त पदमा नियुक्त गरेको हो ।
उक्त सपथ ग्रहणको कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, उपमहाप्रबन्धक, मुख्य निर्देशक, कम्पनी सचिव, प्रवक्ता र सचिवालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो । गुरुङले कर्मचारी बैठक आह्वान गरी बैंकका समग्र गतिविधिका बारेमा जानकारी लिई आगामी दिनमा परिवर्तित बैकिङ्ग बजारलाई बुझेर बैंकलाई अझ बढी शसक्त ढंगले अगाडी बढाउने गरी विभागीय कार्यहरु अगाडी बढाउन निर्देशन दिए ।
कृषि विकास बैंकको सीईओमा नियुक्त हुनुअघि उनीले सिभिल बैंक र सिटिजन बैंक म्यमनमारमा सोही पदमा रहेर काम गरेका थिए ।



