images
images

२३ अंकले घट्यो नेप्से, झण्डै २ अर्बको कारोवार


  • 222
    SHARES
  • २०७९ फाल्गुण ८ गते सोमबार

    २३ अंकले घट्यो नेप्से, झण्डै २ अर्बको कारोवार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.६० अंकले घटेर २०४६.८१  विन्दुमा पुगेको छ । सोमबार नेप्सेमा ६० लाख ९१ हजार ३ सय ५३ कित्ता शेयर १ अर्ब ९४ करोड रुपैयाँ बराबर रकममा कारोवार भएको हो । बिहीबार नेप्सेमा १ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोवार भएको थियो । 

    आज कारोवारमा आएका २ सय १६ कम्पनीमध्ये ३२ को शेयरमूल्य बढेको १ सय ७७ को घटेको र ७ को स्थिर रहेको छ । १३ मध्ये म्युचुअल फन्ड र ट्रेडिङ इन्डेक्स बाहेक अन्य ११ उपसमूहको सूचक घटेको छ । 

    नेप्सेमा आज सबैभन्दा धेरै कित्ता शेयर कारोवार एनएमबी ५० को भएको छ भने धेरै रकमको कारोवार हिमालयन डिस्टिलरीको रहेको छ । 


    images
    images

    Logo