images
images

मर्जरपछि ग्लोवल आइएमई बैंकको शेयर नेप्सेमा सुचीकृत 


  • 325
    SHARES
  • २०७९ फाल्गुण ८ गते सोमबार

    मर्जरपछि ग्लोवल आइएमई बैंकको शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ग्लोवल आइएमई बैंकको शेयर सुचीकृत भएको छ । सोमबार साविकको ग्लोवल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर भएसँगै बैंक अफ काठमाण्डको कुल ११ करोड २६ लाख १४ हजार ३ सय ३७ कित्ता शेयर ग्लोवल आइएमई बैंक नाममा नेप्सेमा सुचीकृत भएको हो । 

    आज सुचिकृत शेयर र ग्लोबल आईएमई बैंकको यस अघि नै कायम २४ करोड ५० लाख ९६ हजार २ सय ६१ कित्ता गरि अब बैंकको कुल सुचीकृत शेयर संख्या ३५ करोड ७७ लाख १० हजार ५ सय ९८ दशमलव १७ कित्ता कायम भएको छ  ।

    नेप्सेले बैंकको पहिलो कारोबारका लागि २ सय ९ रुपैयाँ ४२ पैसा ओपनिङ रेञ्ज तोकिदिएको छ । शेयर सुचिकृत भएसंगै अब ग्लोवल आइएमई बैंक नामबाट शेयर कारोबार हुनेछ । दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका थिए । उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

     

     

     

     


    images
    images

    Logo