images
images

ग्लोबल आईएमई बैंकले सञ्चालमा ल्यायो सन्ध्याकालीन काउन्टर 


  • 390
    SHARES
  • २०७९ फाल्गुण ८ गते सोमबार

    ग्लोबल आईएमई बैंकले सञ्चालमा ल्यायो सन्ध्याकालीन काउन्टर 

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले सन्ध्याकालीन र होलिडे काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीलाई मध्यनजर गर्दै आफ्नो विभिन्न साखाहरुमा सो सेवा सञ्चालनमा ल्याएको छ ।

     बैंकका अनुसार प्रत्येक आइतबारदेखि विहिबारसम्म विहान १० देखि ४ः३० बजेसम्म नियमित सेवा उपलब्ध हुनेछ भने सोहि दिन साँझ ५ बजेदेखि ७ बजेसम्म सन्ध्याकालिन सेवा सञ्चालन हुनेछ । साथै प्रत्येक शुक्रबार विहान १० बजेदेखि १ः३० बजेसम्म बैंकको नियमित सेवा रहनेछ भने दिउँसो २ः३० देखि साँझ ५ बजेसम्म सन्ध्याकालिन सेवा सञ्चालन हुने बैंकले जनाएको छ ।

    बैंकले आफ्ना ग्राहकलाई सातै प्रदेशमा सञ्चालनमा रहेका विभिन्न शाखा मार्फत उक्त सेवा उपलब्ध गराएको हो । सो काउन्टर शनिबार तथा अन्य सार्वजनिक विदाको दिनमा पनि सञ्चालन हुने बैंकले जनाएको छ ।

    332161054_1203188577235171_865556570949288847_n.jpg

     

     


    images
    images

    Logo