images
images

उपत्यकामा सार्वजनिक यातायात खुल्यो, पसलहरु साँझसम्मै खुला


  • 744
    SHARES
  • २०७८ आषाढ १४ गते सोमबार

    उपत्यकामा सार्वजनिक यातायात खुल्यो, पसलहरु साँझसम्मै खुला

    काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि सार्वजनिक सवारी खुला हुने भएको छ ।  तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले २५ सिट वा सोभन्दा बढी क्षमताका सवारीसाधनलाई जोर बिजोरका आधारमा चल्न दिने निर्णय गरेको हो ।  बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म यस्ता सवारीसाधन चलाउन पाइन्छ । 

    त्यसबाहेक किराना लगायत खाद्यान्न पसल, स्टेशनरीहरु बेलुकी ६ बजेसम्म खोल्न पाइन्छ भने डिपार्टमेन्टल स्टोरहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइन्छ । 

    अत्यावश्यक सामग्री बोकेका दुवानीका सवारी साधन, विरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी, सरकारी, सार्वजनिक संस्थान, कुटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, मल, बिउ विजन, पशु चिकित्सक लगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधनहरु भने जुनसुकै समयमा पनि सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । 

    त्यस्तै, तरकारी, फलफूल, खाधान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चला र पशुपंछीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्यास, सरसफाईमा प्रयोग गरिने सामग्री, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल, वीउ लगायतका सामग्री बोक्ने सवारीले न्यूनतम जनशक्ति प्रयोग गरी संचालन गर्न सक्नेछन् ।

    अत्यावश्यक वस्तुहरुको अनलाईन अर्डर, रेष्टुरेण्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यका भित्र साँझ ७ बजेसम्म संचालन गर्न दिने जनाइएको छ ।


    images
    images

    Logo