काठमाडौं । भूगोल इनर्जिको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले ५ करोड ४४ लाख रुपैयाँ बराबरको ५ लाख ४४ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। जसमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ७२ हजार २६ कित्ता तथा आयोजन प्रभावित क्षेत्र दैलेख जिल्ला ९नौमुले द्वारी ३ बाहेक० का स्थानिय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता शेयर छुट्याएको छ ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयर मध्ये १ लाख ८ हजार ८ सय ११ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीकाहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा फागुन २५ गते हुनेछ भने ढिलोमा चैत ७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आवेदन दिने समय फागुन २५ गतेसम्म रहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ।



