images
images

सुर्यबिनायक नगर अस्पताललाई प्रभावकारी रुपमा सेवामुखी र आत्मनिर्भर बनाईने


  • 436
    SHARES
  • २०७९ फाल्गुण ७ गते आइतबार

    सुर्यबिनायक नगर अस्पताललाई प्रभावकारी रुपमा सेवामुखी र आत्मनिर्भर बनाईने

    भक्तपुर । भक्तपुर जिल्लाको सुर्यबिनायक नगरपालिकाद्वारा संचालित सुर्यबिनायक नगर अस्पताललाई प्रभावकारी रुपमा सेवामुखी बनाईने भएको छ । जगातीमा अबस्थित अस्पतालको प्रथम स्थापना दिवसको अवसरमा आज आयोजित स्थापना दिवस कार्यक्रममा अस्पताललाई आत्मनिर्भर र सेवामुखी बनाउनुपर्नेमा जोड दिईएको हो ।
    कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख तथा अस्पतालका अध्यक्ष बासुदेब थापाले  प्रदेश तथा केन्द्र सरकारको सहयोग जुटाएर र नगरपालिकाले सक्दो साधन स्रोत दिएर भए पनि अस्पतालको सेवालाई प्रभावकारी बनाईने बताए ।

    उनले अस्पतालका चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवाभावले काम गर्न निर्देशन दिंदै नगरपालिकाले अस्पतालमा कार्यरत कर्मचारीको बृत्ति विकासमा यथासक्दो ध्यान दिने बताए ।
    कोभिडको महामारीबीच जन्मिएको अस्पतालमा उपचारका लागि नगरबासीलाई नगरपालिकाले स्वास्थ्य बिमाका लागि १ हजार सहुलियत दिएको उनको भनाई थियो ।
    कार्यक्रममा नगरपालिकाका उपप्रमुख सरिता भट्टराईले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ३६५ दिन वा २४ सैं घण्टा काम गर्नु नपर्ने तर आफ्नो पालोको काममा समर्पण भावले बिरामीलाई सेवा दिनुपर्नेमा जोड दिए ।

    नगरपालिकाका प्रबत्ता तथा सामाजिक शाखा प्रमुख रबिन्द्र सापकोटाले अस्पतालले नगरपािलका भित्रका सबै स्वास्थ्य चौकीसँग समन्वय गरेर जानुपर्ने बताउँदै टोलटोलमा स्वास्थ्य शिविर संचालन गरी स्थानीयवासीलाई स्वास्थ्य सुबिधा उपलब्ध गराउनुपर्ने बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कँडेलले अस्पतालले आर्थिक मजबुतीसँगै कर्मचारीको सेवा सुबिधामा ध्यान दिने बताउँदै आर्थिक संकुचनकाबीच सेवा भावले काम गर्न आग्रह गरे । 
    अस्पतालका कार्यकारी निर्देशक डा.सागर कुमार राजभण्डारीले अस्पतालले ईनर्जी ब्याक अपका लागि जेनेरेटर खरिद गर्ने तयारी गरेको र हेमोडायलासिस तथा फिजियोथेरापी सेवा सुरु गर्ने आगामी कार्यक्रम रहेको  बताए ।

    यसैगरी अपरेशन लगायत अन्य महत्वपुर्ण सेवा प्रवाहका लागि ४२ करोड रुपैयाँको लागतमा भवन निर्माण लागि ठेक्का प्रकृया अघि बढाईएको बताए । कार्यक्रममा राष्ट्रिय संचार केन्द्रका अध्यक्ष पेशल आचार्यले अस्पतालले नगरबासी र जिल्लाबासीका लागि बिशेष सुबिधा प्रदान गरी आकर्षण गर्नुपर्नेमा जोड दिंदै कुनै रोग बिशेषमा बिषेशज्ञ सेवा दिनुपर्ने बताए ।

     


    images
    images

    Logo