images
images

१० महिनामा १८ अर्ब विदेशी लगानी प्रतिवद्धता 


  • 274
    SHARES
  • २०७९ फाल्गुण ७ गते आइतबार

    १० महिनामा १८ अर्ब विदेशी लगानी प्रतिवद्धता 

    काठमाडौं । चालु आर्थिक बर्षको माघसम्ममा १८ अर्ब ६३ करोड रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको विवरण अनुसार याे अवधिमा १ सय ४४ वटा विदेशी लगानी स्वीकृत हुँदा साे बराबरकाे प्रतिवद्दता प्राप्त भएकाे हाे ।

    यस वर्षको मासिक लगानी प्रतिवद्धताका आधारमा पुस महिनामा उत्साहजनक छ भने मंसिर महिना निराशाजनक रहेको देखिएको छ  । उद्याेग विभागकाे तथ्याङ्क अनुसार साउनमा २ अर्ब ६४ करोड, भदाैमा ३ अर्ब ४४ करोड, असोजमा १ अर्ब ८५ करोड, कात्तिकमा ३ अर्ब ६५ करोड, मंसिरमा ८० करोड, पुसमा ४ अर्ब ८५ करोड र माघमा १ अर्ब ३९ करोड रुपैयाँ बराबरको प्रतिवद्धता प्राप्त भएका छन् । 

    अर्कोतर्फ यही अवधिमा विभागले १३ अर्ब १७ करोड १७ लाख ७० हजार रुपैयाँ बराबर लाभांशवापत फिर्ता लैजाने विदेशी लगानीकर्तालाई स्वीकृति दिएको छ ।




    images
    images

    Logo