पोखरा । पोखरामा भएको बस दुर्घटनामा परेर ४० जना घाइते भएका छन् । बेगनास तालबाट पोखरातर्फ आउँदै गरेको बस आइतबार अपरान्ह दुर्घटनामा परेको हो ।
कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार ग २ ख ६७४७ नम्बरको बस शिशुवानजिकै दुर्घटनामा परेको हो । दुर्घटनाका घाइतेलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।